• २०८३ बैशाख २३ गते बुधवार

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने र  १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीद्वारा पदभार गहण
काठमाडौँ, २९ भदौः प्रधानमन्त्री सुशीला कार्कीद्वारा आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस

साथै उनको अनुसार घाइतेहरुको  निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।

उनले भने,‘मृतक व्यक्तिलाई शहीद घोषणा गर्ने र १० लाख उपलब्ध गराउने निर्णय भएको छ र घाईतेहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशुल्क उपचारको व्यस्था गर्ने पनि निर्णय भएको जानकारी गराउँछु ।’

त्यस्तै उनले प्रदर्शनकारीबाट ५९ जना ,कैदीबन्दी १० र सुरक्षाकर्मी तीन जनागरी जम्मा ७२ जनाको मृत्यु भएको सरकारी डाटा रहेको पनि जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस