• २०८३ बैशाख २५ गते शुक्रवार

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा र कर्फ्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, कैलाली । कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाभर नै कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बिहीबार साँझ ५ बजेदेखि अर्को सूचना नआएसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

जारी आदेशअनुसार तीन जनाभन्दा बढी भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराबन्दी गर्न पूर्णतः निषेध गरिएको छ । प्रशासनले बिहान १० देखि बेलुकी ५ सम्म निषेधाज्ञा र साँझ ७ देखि बिहान ६ सम्म कर्फ्यु आदेश लागु हुने जनाएको छ ।

साथै आवश्यक सेवा तथा कार्यका लागि बिहान ६ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस