• २०८३ असार ७ गते आइतवार

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा आगजनी गरेको छ ।

सिंहदरबार परिसर बाहिर रहेका यी दुई सरकारी कार्यालयमा मङ्गलबार बेलुकी अबेर आगजनी भएको हो ।

यतिखेर दुबै भवनमा आगो दन्किरहेको छ । सडकमा आएको नेपाली सेना लगायतले आगो निभाउन प्रयास गरिरहेका छन्‌ ।

Sharing

प्रतिक्रिया दिनुहोस