भदौ २४,सुर्खेत। कर्णाली प्रदेशसभामा आन्दोलनकारीले आगजनी गरेका छन्। आन्दोलनकारीले सभामुख नन्दा गुरुङको कार्यकक्ष र संसद भवनमा आगो लगाएका हुन्।

आगजनी मंगलबार बिहानदेखि आन्दोलनमा होमिएका जेन जीहरुले गरेका हुन्। कर्णाली प्रदेशसभा भवनमा आगजनी गरिएको छ। मंगबार बिहानदेखि आन्दोलनमा होमिएका जेन जीहरुले बेलुका सभामा आगो लगाएका हुन् ।
उनीहरुले प्रदेशसभाको सभामुख नन्दा गुरुङको कार्यकक्ष रहेको भवन र संसद भवनमा आगो लगाएका छन्।