• २०८३ बैशाख ७ गते सोमवार

झापाको बिर्तामोड र दमकमा फेरि कर्फ्यु, भद्रपुरमा निषेधाज्ञा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, झापा । झापाको बिर्तामोड र दमकमा फेरि कर्फ्यु लगाइएको छ भने भद्रपुरमा निषेधाज्ञा जारी गएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड र दमक आज बिहान साढे १० देखि बेलुका ७ बजेसम्मका लागि कर्फ्यु लगाएको छ भने भद्रपुरमा बिहान साढे ११ बजेदेखि सांझा ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । सो अवधिमा तोकिएको सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।

झापामा विहानदेखि नै प्रदर्शन तिब्र बनेको छ । प्रदर्शनकारीले विर्तामोडस्थित एमालेको पार्टी कार्यालय तोडफोड र आगजनी गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस