• २०८३ जेष्ठ ४ गते सोमवार

नेपाली भएकोमा यति लाज महसुस कहिल्लै गरेको थिइन्- महानायक राजेश हमाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । महानायक राजेश हमालले नेपाली भएकोमा यति लाज महसुस कहिल्लै नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महानायक हमालले नेपाली भएकोमा यति लाज महसुस कहिले गरेको उल्लेख गर्दै आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको बताएका हुन् ।

उनले आज भएको जेनजी आन्दोलनमा डेढ दर्जनभन्दा बढी युवाको मृत्यु भएपछि यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्-
हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भबिस्य मात्र दिन असफल भएका छैनौ, ऊनीहरुको वर्तमानसमेत खोसिरहेका छौ । म बिदेश यात्रा गर्दैछू । नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइन् । आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस