आश्विन १५ काठमाडौँ, । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।आज सुन तोलामा ६ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।