• २०८३ असार १७ गते बुधवार

तिज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव हो : प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिजलाई नाचगानको पर्वको रुपमाभन्दा तिज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सवको रुपमा लिनुपर्ने बताउनुभएको छ ।

तिज पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । तिजलाई प्राय गीत–नृत्यको पर्वका रूपमा मात्र बुझ्ने गरिएको तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको उहाँले बताउनुभयो ।

देश विदेशमा रहनुभएका सबै दिदीबहिनीहरुमा उहाँले तिजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस