• २०८३ जेष्ठ ४ गते सोमवार

लागुऔषध कारोबारीलाई समात्न बाँके प्रहरीले चलायो गोली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, बाँके। बाँकेको नेपालगञ्ज बसपार्कमा लागुऔषधका कारोबारी समात्न प्रहरीले गोली चलाएको छ। गोली लागेर एक जना घाइते भएका छन्। भने चार जनालाई बाँके प्रहरीले  नियन्त्रणमा लिइएको छ।

बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीका अनुसार असई नबिन शाही पनि घाइते भएका छन्। उनीमाथि चक्कु र सिसाको बोतल प्रहार भएको एसपी घर्तीले बताए। लागुऔषधका कारोबारी समाप्त पुगेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले प्रतिकारमा गोली चलाउनु परेको एसपी घर्तीले बताए।

एसपी घर्तीका अनुसार घाइतेलाई नेपालगञ्जस्थित संजिवनी अस्पतालमा उपचारका लागि पुर्‍याइँदै छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस