• २०८३ मङ्सिर १३ गते शनिवार

रेणु अधिकारी (मौनता)को कविता म प्रकृति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

म प्रकृति
म आकाशमा बसेर बादल उडाउँछु
बादलका पोकापोकामा टेकेर
जून तारामा उक्लन्छु
पहाडको चुचुरा चढेर पत्थर बोकी
पृथ्वीमा चट्याङ बर्षाउँछु
सगरमाथा चढेर हिमाल पगाल्छु

पहाडका कन्दरा,कन्दराबाट बाढी ल्याउँछु
म बनेर बग्दछु कोशी गण्डकी र कर्णाली
खेतका गरा गरामा सिंचाई भर्छु
सुनसान फाँटहरूलाई हराभरा पार्छु
लहलह बाली झुलाउँछु
सूर्यको न्यानो किरण बनेर
सम्पूर्ण जगतलाई स्नेहले स्पर्श गर्छु
हो म आकाशमा बसेर बादल उडाउँछु

म पातालमा बसेर सुनामी मच्चाउँछु
एक्काइसौ शताब्दिको
विकासले ल्याएको विनाश बनेर
अव्यवस्थित अतिक्रमित संरचनाहरू भत्काउँछु
पृथ्वीभित्र पसेर धर्ती डगमगाउँछु
अनाधिकृत रुपमा बानाइएका
महलहरू ढलाउँछु
म भयङ्कर बाढी पहिरो लेराउछु
रुख फाँडेर खाली भएका जमिनहरू भत्काउँछु
बोट बिरुवालाई अमृतजल बर्षाउँछु

म प्रकृति हुँ
म मेरै स्वभावले चालिहरन्छु निरन्तर
मेरो स्वभाव परिवर्तन गर्न खोज्नेहरू
प्र्कृतिको नियम बिपरीत बाटो रोज्नेहरू
बगाइन्छन् , पुरिन्छन् ,उडाइन्छन् समाप्त हुन्छन्
फेरि म सुन्दर पृथ्वीको परिकल्पना गर्छु
किन कि म प्रकृति हुँ

बि,सं २०८० असार १०

Sharing

प्रतिक्रिया दिनुहोस