• २०८३ जेष्ठ १८ गते सोमवार

पूर्वराष्ट्रपति भण्डारी भदौदेखि देश दौडाहामा, सदस्यता विवाद चुलिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ३०, काठमाडौं। पूर्वराष्ट्रपति विद्या भण्डारीले भदौ २ गतेदेखि देश दौडाहा सुरु गर्ने हुनुभएकाे छ। उहाँले कोसी प्रदेशबाट कार्यक्रम सुरु गरी भदौ १४ गते मधेस प्रदेश पुग्ने कार्यक्रम रहेको छ।

कोसी र मधेसका कार्यक्रमपछि भण्डारी थापागाउँमा खाेलिएकाे मदन भण्डारी फाउन्डेसनकाे कार्यलयमा नियमित बस्ने तयारीमा हुनुहुन्छ। नेकपा एमालेकाे विधान महाधिवेशन भदौ २०–२२ मा हुने भए पनि केन्द्रीय कमिटीले उहाँकाे सदस्यता विषयमा पुनः छलफल गर्ने तयारी छ।

यसैबीच, कोसी र बागमती प्रदेशका बैठकमा धेरै नेताले सदस्यता नवीकरणको निर्णय सच्याउन माग गरेका छन्। कोसीमा डिबी कार्की, रोशन बस्नेत, अन्जु पाण्डे, मकर खड्कालगायतले निर्णयले पार्टीमा संकट ल्याउने चेतावनी दिइसक्नुभएकाे छ।

बागमती प्रदेशका नेताहरूले केन्द्रको निर्णयले वडा तहसम्मका कार्यकर्तामा असन्तोष बढाएको बताएका छन्। काठमाडौंका अध्यक्ष दीपक निरौला, सचिवालय सदस्य नरेश खतिवडा र रमेश आचार्यलगायतले आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरिरहेका छन्।

एमालेको केन्द्रीय कमिटीले उहाँको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिरहेका बेला देशैभरी भण्डारीकाे पक्षमा नेता कार्यकर्तालाई दबाब बढाइरहेका बेला पूर्वराष्ट्रपति भण्डारीले भदौ २ गतेदेखि गर्न लाग्नु भएकाे देश दाैडाह अभियानलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

यसैबीच बुधबारदेखि एमाले लुम्बिनी प्रदेश कमिटीको बैठक सुरु भएको छ। लुम्बिनी प्रदेशमा अधिकांश सदस्यहरूले पार्टीले नै मिलाएर लैजानुपर्नेमा विवाद उत्पन्न गराएको भन्दै आलोचना गरेका छन्। साथै उनीहरूले पार्टीको नेतृत्व तहबाट विवाद नमिले आउँदो निर्वाचनमा पार्टीलाई ठुलो असर गर्नेसमेत बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस