• २०८३ असार ५ गते शुक्रवार

राज्य व्यवस्था समिति सभापतिबाट खतिवडाको राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
साउन २७, काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समिति सभापतिको पदबाट राजीनामा दिनुभएको छ ।
सभाको आजको बैठकमा समय माग गरेर बोल्दै उहाँले सभापतिका रूपमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले हस्ताक्षर गरेको र सो विधेयकका केही विषयमा त्रुटि भएकाले आफूले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने लागेर राजीनामा दिएको स्पष्ट पार्नुभयो ।
  “समितिका सदस्यको मनसायअनुसार  विधेयक प्रतिवेदन तयार हुँदा त्रुटि हुन गएको साँचो हो, विधायकी मनसाय ‘कुलिङ अफ पिरियड’ राख्नु नै हो, तर विधेयक प्रतिवेदन लेखनमा त्रुटि भएको देखिन्छ”, उहाँले भन्नुभयो, “त्यो त्रुटि मबाट र राज्य व्यवस्था समितिबाट होइन ।”

Sharing

प्रतिक्रिया दिनुहोस