• २०८३ जेष्ठ ३० गते शनिवार

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुरा, भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार, लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल बुटवलबाट भलवारीतर्फ जाँदै गर्दा सोमबार बिहान करिब पौने ४ बजे मणिग्रामस्थित सडक खण्डमा अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका भुसाललाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको विस्तृत कारण खुलेको छैन तर रातिको समयमा तीव्र गतिमा सवारी सञ्चालन हुँदा नियन्त्रण गुम्ने सम्भावना बढी हुने बताइएको छ। यस घटनापछि प्रहरीले दुर्घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ। स्थानीय बासिन्दाले मणिग्राम क्षेत्रमा राति सवारी साधनको गति नियन्त्रण गर्न र सडक सुरक्षामा सुधार ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस