प्रजातन्त्र पश्चात २०५१ सालमा काठमाण्डौँ जिल्लाको उत्तरी भेगका जनतालाई प्रत्यक्ष लाभग्राही बनाउन काठमाण्डौँ जिल्लाले काठ चक्रपथको अवधारणा ल्यायो। जुन जिल्ला परीषदमा उप सभापती सहीत नेकपा एमालेको बहुमत थियो यसले गर्दा काठ चक्रपथ निर्माण गर्ने बृहमत द्वारा परीत गरियो। पूर्वमा साखु कागेश्वरी हुदै गोकर्ण खण्ड र गोकर्ण टोखा काभ्रेस्थली हुदै तिनपिप्ले दोस्रो खण्ड गरी दुवै खण्डको सर्वे गर्ने निर्णय भयो। सर्वे पश्चात उपभोक्ता समिति गठन गरियो जुन समितिमा प्रत्येक क्षेत्रीय सदस्य र गा.वि.स. अध्यक्ष सदस्य रहने गरी समिति बन्यो।

सो समितिको सदस्य मै लेखक पनी थिए। गोकर्ण टोखा काभ्रेस्थली तिनपिप्ले खण्डलाई दुई भागमा छुटाई यस समिति टोखा मालुङ्ग साङ्गला काभ्रेस्थली फेदी तिनपिप्ले खण्डको जिम्वेवारी मलाई दिइयो। म संयोजक भएपछि सर्वे गर्ने काम सकीए पश्चात २०५२ सालमा बाटोको रेखाङ्कक वा बाटो निर्माण गर्ने काम गर्नु पर्ने जिम्मा आएपछि एकातिर गा.वि.स. को काम अर्कोतिर उपभोक्ता समितिको कामले मलाई व्यस्त बनाएको थियो। यसमा तत्काल गा.वि.स. वैठक राखेर स्रोत नभएको कारण आवश्यक इन्धन खर्च गा.वि.स. ले व्यहोर्ने निर्णय गरीयो। जोत्ने डोजर भाडामा लिन पर्नेमा यस क्षेत्रका क्षेत्रीय सदस्य केशव खड्काको सहयोगमा डोजर भाडामा लिई ०५२ मंसीर बाट बाटो निर्माण गर्ने काम सुरु गरीयो।
सडक निर्माण गर्दा अधीकांस ठाउँमा गोरेटो बाटो थिएन। जनताको खेत कान्ला भत्काउन पर्ने थियो । अधीकांस किसानको बाली लगाउने खेतनै बढि विगार्न पर्ने थियो। तर यस गा.वि.स. का किसान दाजु भाईलाई म हृदय देखी धन्यवाद दिन चाहान्छु। किन भने को एमाले को कांग्रेस को राप्रपा सबै बाटो बनाउन पर्छ, यो हाम्रो विकास हो भनेर एक जुट भएका थिए। ६ कि.मी. सडकको नाका खोल्नु पर्नेमा तिनपिप्ले फेदीसम्म नाका खुलेको थियो। फेदी-काभ्रेस्थली-साङ्गला-टोखा भाग बाकी थियो। लम्बाई ४.५ कि.मी. थियो। यसमा इन्धन खर्च गा.वि.स. ले वेहोराको थियो, डोजर कन्ट्रयाकमा थियो।
सडक नहुदा उकाली ओराली जमीन डोजर उकाल्न दुई ठाउँमा समस्या पर्यो। घट्टेखोला कोइराले खोलामा डोजर उकाल्न नसक्दा स्थानीय श्रोत साधन, कुट्टो कोदालोको सहयोगमा स्थानीयले धेरै मद्दत गरी सडक निर्माण कार्यमा सहयोग गरेको भएकोले विर्सन सक्दिन। डोजर लाई चाहिने इन्धन काभ्रेस्थली देखी बालाजु अदाजी ८ कि.मी. हिडेर स्थानीय ठाउँमा ल्याउनका लागि यस गा.वि.स. का वडा अध्यक्षहरू लागेर इन्धन बोक्ने काम गरेको म झलझल्ती सम्झि रहेको छु। अहिलेको जस्तो आधुनीक डोजर थिएन तापनि जसो तसो अन्दाजी २ कि.मी. बाटो निर्माण गरीयो। गर्दा गर्दै बर्षात सुरु भयो विरुवा खोल्सामा पुगेर डोजर रोक्न पर्यो। २०५३ सालमा अघिल्लो वर्षको रोकिएको ठाउँबाट पुनः काम सुरु भयो। थुम्की डिलमा पुगेपछी केही जनताबाट विवाद सुरु भयो र नयाँ ठाउँ बाट बाटो निर्माण सुरु भयो। सूरु गर्दै जादा कार्की पर्धेरो नजिक पुगेपछी वाटो निर्माण बन्द भयो किन भने हिजोका पञ्चहरूको अवशेष बोकेका व्यक्तिहरूले आफ्नो जग्गा पर्ने भयो भनेर निर्माण कार्य बन्द भयो र २०५४ मा मेरो कार्यकाल पूरा भई गा.वि.स. चुनावमा नेपाली कांग्रेस विजय भयो।
य
स पछी केही समय सडक निर्माण कार्य हुन सकेन र २०५५ सालमा काठमाण्डौँ जि.वि.स. उपसभापती रामेश्वर फूयाल आए पछी जिल्ला विकास समितिको खर्चमा पुनः काम गर्न मलाई नै जिम्मा दिइयो। पुनः स्थानीयको सहयोगमा सर्वे भएकै ठाउँबाट सडक निर्माण कार्य भयो। केही जनता सँग बाद-विवाद भएता पनि गन्तव्य सम्म सडक निर्माण गर्न सक्षम भइयो। यति भएपछि सूरु देखी अन्त्य सम्म बाटो निर्माण गर्दै जनतालाई केही आस्वासन दिएको थिए म गा.वि.स. अध्यक्ष नभएपनी यो सडक पूरा गर्ने छु भनी बाचा गरेको थिए।
काठमाण्डौँ जिल्लाको क्षेत्र नं ६ मा पर्ने सडक भएको हुँदा यस क्षेत्रबाट २ कार्यकाल निर्वाचीत ने.का. सांसद भिमसेन दास प्रधान अर्को कार्यकाल निर्वाचीत मओवादी सांसद हितमान शाक्य र अर्का रा.स.पा. सांसद शिसिर खनाल पटक-पटक मन्त्री बनेता पनि यस क्षेत्रको अन्दाजी ४.५ कि.मी. सडकमा एक रुपैंया लगानी खोजेर गरेनन्। के यो सडक धेरै जनताले प्रयोग गर्ने भनेर नगरेको हो ?? यस्ता सभासदका पछी लाग्ने जनता कस्ता हुने एमाले कार्य कर्ताको भिजन सोचले बनाएको सडकमा तपाईहरू प्रयोग गर्नहुन ?? यदी प्रयोग गर्नुहुन्छ भने किन आफ्नो सभासदलाई कुरा राख्न सक्नु हुन्न ??
विस्तारै सडक निर्माण नहुदा स्थानीयले कतै धान रोप्ने कतै कोदो रोपे त कतै मकै छरे। यो देख्दा सारै मन दुखेर जनता सामु सम्झाई बुझाई गरेर गोरेटो बाटो राख्न सफल भइयो। पछी तारकेश्वर नगरपालिका नामाकरण भएपछि पार्टीले संयन्त्रको जिम्मा दियो। यही संयन्त्रमा भएको वेला पुनः डोजर लगाएर बाटो मर्मत गरी कतै ग्रावेल र कतै कलभर्ट बनाउने श्रम गरेर बाटो जिवीत राख्ने काम भयो। २०७४ सालको स्थानीय चुनाव पछी तारकेश्वर नगरपालिका एमालेले जिते पश्चात यो सडकमा ग्रावेल ड्रेन र वाल बनाउने काम भयो।
यसरी प्रदेश चुनाव पनी यस क्षेत्र प्रदेश ‘ख’ एमाले उमेदवार निर्वाचीत भए पश्चात नगरपालिका र प्रदेश विच ड्रेन र वाल नगरपालिकाले गर्ने र पिच प्रदेशले गर्ने सहमती पश्चात २०७७ मा १,३०० मिटर पिच प्रदेश बाट भयो। ड्रेन र वाल नहुदा पिच पूरा हुन सकेन। २०७८ चुनाव पश्चात नगरपालिकाले एक मिटर वाल ड्रेन, न नगरले वनायो न संघले। यसपछी २०८१ म प्रदेशले २०७७ को पिच बाट पश्चीम फेदी सम्म र सो २०७७ को पिच देखी साङ्गला मालुङ्ग सम्म पूर्वाधार लाई आवश्यक रकम विनीयोजन गरी सो सडक सिलन्यासको काम हुदा ३० वर्ष पछी यो सडकले कालो पत्रे पाउने भयो भनी यहाँका स्थानीय जनता हर्षित भएको मैले पाएको छु साथै म पनि ज्यादै खुसी भएको छु। यसैले प्रदेश आवश्यक छैन, भन्ने आवाज उठाउने केही वुजुकहरूले यो सडकमा बाग्मती प्रदेश सरकाले पुराएको योगदान प्रती कृतज्ञता प्रदान गर्ने पर्दैन र यहाँका जनता बाग्मती प्रदेश प्रती आभारी हुन पर्ने होइन र ? २० वर्ष संघले वास्ता नगरेको सडक प्रदेशले बनायो खुसीको कुरो होइन र।
यसैले काठमाण्डौँ राजधानीको छेउको सडक जुन नुवाकोट काठमाण्डौँको नाका पनि हो यसलाई नजर अन्दाज गर्ने कोही पनि माननिय माननिय बन्ने र मन्त्री सुहाँउदैन भन्दै यो काठ चक्रपथले निरन्तरता पाएकोमा हामी गौरान्वित छौ। यति कुरा गर्दै गर्दा यस भेग काठमाण्डौँ हुने क्षेत्रका अधिकांस जनता नेकपा एमालेले आगामी संघीय चुनावमा स्थानिय मतदाता बाट संघको उमेदवार चाहेकोले अन्यत्र भाडाका उमेदवार नल्याई यस क्षेत्रका मतदाताबाट उमेदवारी दिएमा हामीले ३० वर्ष भोग्ने दुःख आगामी पिडीले ५ वर्षमा पूरा भएको हेर्न पाउने थिए भन्ने सुझाव पार्टी नतृत्वलाई दिन चाहान्छु। धन्यवाद।
उही दिन दुखी
ता.न.पा. २ काभ्रेस्थली