- धुर्ब गजुरेल
बर्ष दिनको चाहाड दशै आएको छ अब
सबैतिर उत्साह उमंग छाएको छ अब
जग्गा तमसुक गर्दै ऋण मागेर बाबाले
मिठा मिठा परिकारहरू खाएको छ आज
टीका र जमरा थापेर ठुलाबडाहरू संग
आशिष लिनलाई बहुत धाएको छ आज
धरहरा ढलेपछि दुखेको यो मेरो मन
शिलन्यासले केही शान्ति पाएको छ आज
धरहराकै बारेमा दशै गित बनाएर आज
हास्दै तपाइसंग पिरति लाएको छ आज
बोनश शेर
आउदै छिन रे टीका थाप्नलाइ भनेर उनी
धरहराको फेदले गित गाएको छ आज ।
तारकेश्वर नगरपालिका ३