• २०८३ बैशाख २६ गते शनिवार

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ४, काठमाडौं ।  भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ। भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा खराब मौसमका कारण सो दुर्घटना भएको हो। पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो। डुङ्गामा ५३ जना यात्रा गरिरहेका थिए। धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए। उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्। एक १० वर्षीय बालकको पनि उद्धार भएको छ। ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएका छन्। त्यहाँ निकालिएको शव मध्य कम्तीमा ८ जना बालक रहेको जनाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस