• २०८३ असोज २४ गते शनिवार

५. नंम्बर प्रदेश ब्युरोले ४ किलो अफिम सहित ३ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा/महेन्द्र सिंह

असोज ५, दाङ । ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर अन्तरगत अनुसन्धान ब्यूरोले नेपालगञ्जको न्यूरोडको एक गेष्ठ हाउस होटलबाट ४ किलो प्रतिबन्धित लागू औषध अफिम सहित ३ जनालाई ५. नम्बर अनुसन्धान ब्यूरोको टोलीले नियन्त्रणमा लिएर अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।

व्यरोका प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको प्रहरीको टोलीले नेपालगञ्जको न्यूरोडमा रहेको कान्तिपुर गेष्ठ हाउसको ३०५ नम्बरको कोठबाट जाजरकोट डाँडागाउ घर भई हाल गुलरिया नगरपालिका–८ बर्दिया बस्ने वर्ष २८ को बालकृष्ण थापा, २६ वर्षको डम्बर थापा र रोल्पा थवाङ्ग गाउपालिका बस्ने २७ वर्षिय दुख रोकायको साथबाट ४ किलो अफिम बरामद गरेको थियो ।

पाँच नं. प्रदेश प्रहरी कार्यालय अन्तरगत व्यूरोका प्रहरी निरिक्षक क्षेत्रीले बरामद अफिम सहित प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई थप अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस