• २०८३ असार ७ गते आइतवार

४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २४, रौतहट । बारा प्रहरीले प्रतिवन्धित लागुऔषध एम्पुल सहित एक जनालाई पक्राउ गरेको छ । ४ हजार ५ सय पिस एम्पुल सहित प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका वाड न. ७ बस्ने बर्ष २० को सेराज अन्सारीलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वाड न. ५ भरत चोकबाट मटिअर्वा जाने सडकबाट प्रतिवन्धित लागुऔषध एम्पुल सहित अन्सारीलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार दुई वटा आँपको क्यारेटमा लागुऔषध राखी उभिरहेका मानिस प्रहरी टोलिलाई देख्नसाथ भाग्न खोजेपछी शंकाको आधारमा चेकजाँच गर्दा फेला परेको हो ।

प्रतिवन्धित लागुऔषध एम्पुल सहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख गरेको छ । १५ पोकामा रहेको लागुऔषध सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस