• २०८३ जेष्ठ २ गते शनिवार
  • khabar24nepal2075@gmail.com
  • हाम्रो टिम
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    कोसी प्रदेशमधेस प्रदेशबाग्मती प्रदेशगण्डकी प्रदेशसुदुरपश्चिम प्रदेशकर्णाली प्रदेश
  • मनोरन्जन
  • अर्थ
  • विचार /ब्लग
  • अन्तवार्ता
  • खेलकुद
  • थप
    शिक्षापत्रपत्रिकाराशिफलस्वास्थ्यकृषिसूचना प्रविधीअन्तराष्ट्रियप्रवासफोटोफिचरभिडियो
भर्खरै चर्चित
सर्लाहीमा इट्टा भट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु, दुई जना घाइते
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक
जापानको फिफा विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?
आइपिएलमा चेन्नईमाथि लखनउ ७ विकेटले विजयी
एमालेको सचिवालय बैठक आज बस्दै
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
TRENDING
काेराेना कोरोना भाइरस राेल्पा रोल्पा नेपाल प्रहरी नेपालगञ्ज कोरोना राेल्पा रुन्टीगढी संसद विघटन khabar24nepal

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन सुरू

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
असार १६, स्पेन ।  संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ ।
सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुख र प्रतिनिधिहरू सहभागी हुनुहुन्छ । उद्घाटनसत्रमा स्पेनका नरेश फिलिप द्वितीय, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गर्नुभयो । उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेल सहभागी हुनुहुन्छ । ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव गुटेरेस र स्पेनका प्रधानमन्त्री सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीबाट यो भ्रमण भएको हो । विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू जुटेका छन् । नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाजसमेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ । सन् २०३० सम्म पूरा गर्नुपर्ने राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यका लागि अन्तरराष्ट्रिय सहयोगलाई बढावा दिन यो मञ्च महत्त्वपूर्ण हुने ठानिएको छ ।
विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालका लागि आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहनेछ । यसले दिगो विकास, विकासका लागि वित्त र खासगरी विकास सहायता, लगानी, प्रविधि हस्तान्तरणलगायत मुद्दामा छलफल र निष्कर्ष निकाल्नेछ ।
Post Views: 39

Sharing

  • Facebook
  • Twitter
  • LinkedIn
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
सर्लाहीमा इट्टा भट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु, दुई जना घाइते
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक
जापानको फिफा विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?
आइपिएलमा चेन्नईमाथि लखनउ ७ विकेटले विजयी
एमालेको सचिवालय बैठक आज बस्दै
धेरै पढिएको
१
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
२
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
३
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
४
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
५
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
६
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
छुटाउनुभयो कि ?
प्रदेश लोक सेवा आयोग अध्यक्षमा श्रेष्ठ नियुक्त
युवासंघ काठमाडौंको इन्चार्ज तोकियो
रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको निर्देशन
प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाहमा कटिवद्ध : पाल

ट्वान्टीफोर नेपाल मिडिया प्रा. लि

  • ठेगाना : काठमाडौं महानगरपालिका, काठमाडौँ
  • फोन : +977-9851232670
  • ई-मेल : khabar24nepal2075@gmail.com

सूचना विभाग दर्ता नं :2341/077/078.

  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ विकास
  • अन्तर्राष्ट्रिय
  • विचार
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद
  • पत्रपत्रिका
  • अध्यक्ष: सन्तोष अर्याल
  • सह सम्पादक: बिमलराज डाँगी
  • कार्यकारी सम्पादक: दिपा अधिकारी
  • हाम्रो टिम
  • हाम्रो बारे
  • विज्ञापन बारे
© khabar24nepal.com सर्वाधिकार सुरक्षित
Powered By : TopLine Technology