• २०८३ जेष्ठ ५ गते मङ्गलवार

एसइई नतिजा असार तेस्रो साता सार्वजनिक हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। सामान्यतया असार पहिलो सातामै सार्वजनिक हुने एसइई नतिजा यसपटक केही ढिलो हुने भएको हो। चैत २० गतेदेखि २९ दिनसम्म देशभरका शिक्षकहरूले गरेको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण प्रक्रिया ढिलो भएकाले नतिजा सार्वजनिक मिति पनि पछाडि सरेको हो।

परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ। गत चैत ७ गतेदेखि सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

परीक्षा बोर्डका अनुसार समयमै सबै प्रक्रिया सम्पन्न भएमा नतिजा असारको दोस्रो साताको अन्त्यतिर वा तेस्रो साताको सुरुवातमै सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस