• २०८३ असार ८ गते सोमवार

बिरगञ्जमा पनि दर्ता भयो रबि लामिछाने बिरूद्द मुद्दा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, पर्सा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रहरीका अनुसार १ महिना अघि नै सरकारी वकिल कार्यालय, पर्सामा प्रतिवेदन बुझाएकोमा शुक्रबार अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले सञ्चारकर्मीसँग भने ।

Sharing

प्रतिक्रिया दिनुहोस