• २०८३ बैशाख ९ गते बुधवार

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो ।

आज बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको सभा सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् ।

प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस