• २०८३ बैशाख १८ गते शुक्रवार

गृह मन्त्रीकाे राजिनामा माग्दै संसदमा प्रतिपक्षीकाे नारावाजी, बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, काठमाडौं  । प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएकाे छ ।

भिजिट भिषा प्रकरणमा मुछिएका मन्त्री लेखककाे राजिनामा माग गर्दै संसदमा नाराबाजी गरे पछि बैठक स्थगित भएकाे छ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए, आजै बस्ने गरी ३० मिनेटका लागि बैठक स्थगित गरिएको हो।

प्रतिनिधि सभाको सुरुमै बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस