• २०८३ बैशाख १६ गते बुधवार

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार हरिचन्द्र पाण्डेसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित सम्पर्क कार्यालयको टोलीले शुक्रबार सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस मागिरहेको उजुरी परेपछि अख्तियारको टोली गएको थियो।

उनीहरूला कोहलपुर नगरपालिका-११ तिवारी रेष्टुरेन्टबाट पक्राउ गरिएको प्रवक्ता पौडेलले जानकारी दिए। यसबारे आरोपीसँग अनुसन्धान भइरहेको उनले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस