• २०८३ असार १६ गते मङ्गलवार

जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, झापा। जबरजस्ती करणी र जबरजस्ती चोरीसहित दोहोरो मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–११ बस्ने ३२ वर्षीय प्रदिप राईलाई प्रहरीले हालै पक्राउ गरेको हो।

पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय तथा पीडितलाई १ लाख क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पाँचथर फिदिमबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय, झापा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस