• २०८३ बैशाख ३० गते बुधवार

शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
बैशाख २८, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।
अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आवश्यक अनुसन्धान थालेका छौँ ।”

Sharing

प्रतिक्रिया दिनुहोस