• २०८३ असार ५ गते शुक्रवार

आठ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, तनहुँ । ब्यास नगरपालिका-३ महर्षीटोल बस्ने बुद्धि थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा बुद्धि समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५० रूपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस