• २०८३ जेष्ठ २३ गते शनिवार

जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अनिश्चित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, काठमाडौं । हिजो पार्टी एकीकरण घोषणा स्थलबाटै रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अनिश्चित भएको छ । सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको अनधिकृत पत्रपछि पक्राउ परेका चौधरी हिजै रिहा भए पनि दुई पार्टीबीचको एकता भने अनिश्चित बनेको हो ।

चौधरी पक्राउ परेको घटनाको समीक्षा गरेपछि मात्रै एकता घोषणाको मिति तय हुने नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले बताउनुभयो । हिजो चौधरी छुटेपछि भएको छलफलले एकीकरण घोषणा हुनै लाग्दा भएको घटनालाई सामान्य रूपमा लिन नसकिने भएकोले त्यसलाई थप समीक्षा आवश्यक रहेको निष्कर्ष निकालेको उहाँले बताउनुभयो । राज्यशक्ति नै एकता भाँड्ने अभियानमा लागिरहेको उनीहरूले दाबी गरेका छन् ।

संरक्षक रेशम चौधरी रिहा भएपछि हिजो बेलुका नागरिक उन्मुक्ति पार्टीका उपलब्ध नेताहरूको बैठक बसेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस