• २०८३ असार ७ गते आइतवार

जाजरकोटमा ७ घण्टाको फरकमा २ भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २, जाजरकोट। जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन्। कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।

पहिलो भूकम्प गएराति (वैशाख १ गते) ९ बजेर ३१ मिनेटमा गएको थियो। केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्यागनिच्युटको थियो।

त्यसैगरि दोस्रो भूकम्प आज बिहान ४ बजेर ५३ मिनेटमा गएको अधिकारीले जानकारी दिए। यो भूकम्प ४.४ म्याग्निच्युटको छ।

लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस