• २०८३ मङ्सिर ६ गते शनिवार

आइपिएल : लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सले ५ विकेटले हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ३०, काठमाडौं । लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को आज गुजरात टाइटन्सले ५ विकेटले हराएको छ । १ सय ८१ रनको मध्यम लक्ष्य लखनउले निर्धारित २० ओभरमा ३ बल बँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

लखनउलाई जित दिलाउन एडन माराक्रम र निकोलस पुरनले अर्धशतक पूरा गरे। ३१ बलमा ९ चौका र १ छक्कासहित मारक्रमले ५८ रन बनाए।

३४ बल खेलेका पुरनले ७ छक्का र १ चौका साथ सर्वाधिक ६१ रन जोडे। आयुष बादोनीले २० बलमा २ चौका र १ छक्कामा नटआउट २८ रन जोडे ।अर्का ओपनर कप्तान ऋषभ पन्तले २१ रन जोडे।

लखनउस्थित अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा भएको खेलमा त्यसअघि लखनउले टस जितेर फिल्डिङ रोजेको छ।

ओपनर कप्तान शुभमन गिल र साई सुदर्शनले अर्धशतक पूरा गरेको खेलमा गुजराजले ६ विकेटको नोक्सानीमा १ सय १ सय ८० रन बनाएको थियो।

गिल र सुदर्शनले पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी गरेपनि त्यसपछिका ब्याटरले इनिङ सम्हाल्न सकेनन् ।

गिलले ३८ बलमा ६ चौका र १ छक्कासहित टोलीकस लागि सर्वाधिक ६० रन बनाए । ३७ बल खेलेका सुदर्शनले ७ चौका र १ छक्काका साथ ५६ रन जोडे।
जस बटलरले १६, सेर्फाने रुथरफोर्डले २२ र मोहम्मद शाहरुख खानले ११ रन बनाए ।

लखनउका सार्दुल ठाकुर, रवि विष्नोईले समान २ तथा दिगवेश राठ्ठी र अभेष खानले समान १ विकेट लिए।

लखनउ ८ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको दिल्ली क्यापिटल्स र दोस्रो स्थानको गुजरातको पनि समान ८ अंक छ। लखनउ र गुजरातले ६ खेल खेलिसक्दा दिल्लीको २ खेल कम खेलेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस