• २०८३ कार्तिक ५ गते बुधवार

देशका विभिन्न ठाउँमा चट्याङ लागेर तीन जनाको मृत्यु, सात जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । देशका विभिन्न ठाउँमा चट्याङ लागेर तीन जनाको मृत्य भएको छ । सात जना घाइते भएका छन् । चट्याङ लागेर डोटी, बझाङ र रोल्पामा एकरएक जनाको मृत्य भएको हो ।

गएराति डोटीमा हावाहुरी, असिनापानीसँगै परेको चट्याङ लागेर सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको मृत्य भएको हो । चट्याङ लागेर मृतक नागरीका छोराछोरीसहित ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनुभयो ।

यस्तै बझाङको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्य भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

चट्याङ लागेर लुम्बिनी प्रदेशको रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकामा आफन्तको घरमा बस्ने १५ वर्षीया किशोरीको पनि मृत्य भएको प्रहरीले जनाएको छ ।

यस्तै हिजो झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर घरमै खाना खाइरहेका ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्य भएको थियो ।

अहिले प्रिमनसुनको बेला चट्याङका दृष्टिले निकै जोखिमपूर्ण मानिन्छ । चैत १५ गतेदेखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्छ ।

त्यसैले यो समयमा उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस