• २०८३ असार १६ गते मङ्गलवार

प्रचारबाजी होइन, जनताले महसुस गर्नेगरी काम गरौँ : उपप्रधानमन्त्री सिंह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्ने बताउनुभएको छ । अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले प्रचारबाजीका लागि मात्र नभइ जनताले महसुस गर्नेगरी काम गरेर देखाउने समय आएको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले बाग्मती नदी किनारमा रहेका मन्दिरको पुनःनिर्माण र जिर्णाेद्वार गरिएको जानकारी दिनुभयो । धेरै सम्पदा रहेको बाग्मती नदी किनारमा ‘हेरिटेज वाक’को चर्चा भएपनि काम प्रभावकारी हुन नसकेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

हेरिटेज वाकदेखि करिडोरलाई व्यवस्थित गर्ने र नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिनुभयो । त्यसैगरी उहाँले नदीहरुको करिडोर निर्माण प्रभावकारी रूपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस