चैत २४, काठमाडौं । इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ।

Pat Cummins (C) of Sunrisers Hyderabad and Shubman Gill (C) of Gujrat Titans during the toss of the match 20 of the Indian Premier League season 18 (IPL 2025) between Sunrisers Hyderabad and Gujarat Titans held at the Rajiv Gandhi International Stadium, Hyderabad on the 6th April 2025
Photo by Vipin Pawar / Sportzpics for IPL
यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक रहेको छ।
यता पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध ठूलो जितले गुजरात लाई भने लयमा फर्काएको छ। शुभमन गिल, साई सुदर्शन र जोस बटलरजस्तो बलियो शीर्षक्रम र शेरफेन रूदरफोर्ड तथा राहुल टेवातियाजस्ता क्षमतावान फिनिशरहरूको साथ टाइटन्सलाई रहेको छ। कागिसो रबाडाको अनुपस्थिति भएपनि गेराल्ड कोट्जे वा फिलिप्सजस्ता विकल्पहरू टिमसँग रहेको छ।
सनराइजर्स र गुजरातबीच अहिलेसम्म ४ पटक प्रतिस्पर्धा भएको छ। जसमा गुजरातले ३ खेलमा जित निकालेको छ। हैदराबादमा यी दुई टोलीबीचको पछिल्लो खेल भने वर्षाका कारण रद्द भएको थियो।