• २०८३ जेष्ठ ६ गते बुधवार

प्रशासकीय अधिकृतको स्वागतमा डंगोल, निषेधमा मेयर बालेन साह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, काठमाडौं ।  प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्ष प्रवेश गराउने बिषयमा काठमाडौं महानगरपालिकामा झडपको स्थिति सिर्जना भएको छ।

मेयर बालेन्द्र साहले गुरागाईँलाई रोक्नका लागि उनको कार्यकक्षमा ताला लगाएर नगर प्रहरी उतारेका छन भने उपमेयर सुनिता डंगोल भने गुरागाईँको स्वागतका लागि तयार भएर बसेकी छिन् ।

गुरागाईँको स्वागत र निषेधको अवस्था महानगरपालिका कार्यालयमा रहदाँ स्थिति असमान्य बनेको छ । उपमेयर डंगोलसहित कर्मचारीहरूले मेयर साहको आदेशमा लगाएको ताला फोडने प्रयास गरिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस