• २०८३ मङ्सिर ६ गते शनिवार

आइपिएल : राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई दियो १ सय ८३ रनको विजयी लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नई सुपर किङ्स विरुद्ध ९ विकेटको नोक्सानीमा १ सय ८२ रन बनाएको छ । चेन्नईले टस जितेर राजस्थानलाई‌ ब्याटिङका लागि आमन्त्रण गरेको थियो।

ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिनले दोस्रो विकेटका ८२ रनको साझेदारी गरे।

सामसनले १६ बलमा समान १ छक्का र चौकासहित २० रन जोडे। नितिनले मात्र ३६ बलमा १० चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए ।

नितिन र कप्तान रियान परागले तेस्रो विकेटका‌ लागि ३८ रनको साझेदारी गरे। परागले २८ बलमा समान २ छक्का र चौकाको मद्दतमा ३७ रन जोडे। सिमरोन हेटमोयरले १९ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

खलिल अहमद, नुर अहमद, मथिसा पथिरानाले समान २ , रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान १ विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस