• २०८३ असोज १९ गते सोमवार

आइपिएल : चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध टस जित्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध टस जितेको छ । राजस्थानको घरेलु मैदान गुहावटीमा चेन्नईका कप्तान ऋतुराज गायकवाडले टस जितेर बलिङ रोजेका हुन् ।

Khaleel Ahmed of Chennai Super Kings celebrating the wicket of Yashasvi Jaiswal of Rajasthan Royals during match 11 of the Indian Premier League season 18 (IPL 2025) between Rajasthan Royals and Chennai Super Kings held at the ACA Stadium, Guwahati on the 30th March 2025.
Photo by: s Saikat Das / Sportzpics for IPL

दुवै टोलीले आज तेस्रो खेल खेल्दैछन् । चेन्नई दोस्रो जितको खोजीमा रहेको छ । चेन्नईले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । तर दोस्रो खेलमा घरेलु मैदानमा १७ वर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो ।

राजस्थान भने अघिल्ला दुवै खेलमा पराजित भएकोले पहिलो जितको खोजीमा छ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र दोस्रो खेलमा कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।

आइपिएलमा दुवै टोली हालसम्म २९ पटक आमने सामने भएका छन् । जसमा चेन्नई १६ तथा राजस्थान १३ खेलमा विजयी भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस