• २०८३ मङ्सिर ५ गते शुक्रवार

सुन तोलाको १ लाख ७६ हजार बढी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १७, काठमाडौं। सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय निरन्तर बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबारको तुलनामा आईतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने केही घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस