• २०८३ मङ्सिर ६ गते शनिवार

आइपिएल : चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १०, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। टस जितेर फिल्डिङ रोजेको चेन्नईलाई मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो।

कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै मात्र ५२ रन जोड्यो। खालिद अहमदले सुरुवाती २ विकेट लिए।

ओपनर रोहित शर्मा डक आउट भए। यसपछि १३ रन बनाएका रायन रिकल्टनलाई पनि खालिदले बोल्ड आउट गरे। विल ज्याक्स ११ रन जोडेर रविचन्द्र आश्विनको बलमा शिवम‌ दुबेद्वारा क्याच आउट हुन पुगे।

३६ रन जोड्दा ३ विकेट गुमाएको मुम्बईले दबाबमा पर्यो। ठुलो साझेदारी बन्न सकेन्। नुर यादवको उत्कृष्ट बलिङमा मुम्बईले खुलेर ब्याटिङ गर्न सकेन। उनले यसपछि चार खेलाडीलाई आउट गरे‌।

कार्यवहाक कप्तान सूर्य कुमार यादव २६ बलमा २९ रन जोड्दै नुर अहमदको बलमा आउट भए। यसपछि १३ औं ओभरमा नुरले नै थप २ विकेट लिए। रविन मिन्ज ३ रनमा पबिलियन फर्किए।

३१ रन बनाएका तिलक वर्मा नुरकै बलमा एलबिडब्लु धरापमा परे। उनले २५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे। उनी नै मुम्बईको लागि सर्वाधिक रन बटुल्ने खेलाडी बने। ९६ रन जोड्दा मुम्बईले ६ विकेट गुमायो।

सातौं विकेटको रूपमा नमन धीर १७ रन जोडेर नुरको बलमा बोल्ड आउट हुन पुगे। नवौं क्रमका ब्याटर दीपक चाहरले १५ बल खेल्दै २ चौका २ २ छक्का प्रहार गर्दै अविजित २८ रन बनाए।

बलिङमा नुर अहमदले ४ ओभर बलिङ गर्दै मात्र १८ रन दिएर ४ विकेट लिए। मुम्बईलाई रनमा रोक्न उनको कसिलो बलिङ तारिफयोग्य रहयो। यस्तै खालिद मोहम्मदले ३ विकेट लिए।

आज भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले
ले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस