चैत ७, काठमाडौं । नेपाल बैंकको ६५औं साधारणसभा सम्पन्न भएको छ । हिजो नेपाल एपीएफ क्लब हलचोकमा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वित्तीय विवरणहरू पारित गर्दै वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

त्यस्तै सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीपकुमार श्रेष्ठ, मधुवीर पाण्डे रसृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावसमेत सर्वसम्मतरूपमा पारित गरेको छ ।
बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको चुनाव गर्ने कार्यतालिकासमेत रहेकोमा उच्च अदालत पाटनको यही चैत ५ गतेको अल्पकालीन अन्तरिम आदेशबाट रोकिएको छ ।