चैत ३, काठमाडौँ । एमालेको सचिवालय बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई ब्रिफिङ गर्न लागेका हुन्।
बैठकमा समसामियक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । बैठकमा एमाले अध्यक्ष ओलीबाट राजावादीहरूको सक्रिया र अहिलेको राजनीतिक परिस्थितिबारे ब्रिफिङ हुनेछ ।