चैत ३, काठमाडौं । काठमाडौँमा आइतबार एक जना युवक मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरस्थित चौरमा युवकको शव फेला परेको हो ।
प्रहरीका अनुसार मृतकको पहिचान काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप लिखु गाउँपालिका-६ नागी घर भएका २८ वर्षीय सोनाम लामा रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता, कैलालीको लम्कीचुहा नगरपालिका-१० चुहास्थित चिनी मिल नजिकै रहेको नालामा सोही ठाउँ बस्ने २९ वर्षीय अजय सुर्णकार आइतबार मृत अवस्थामा फेला परेका छन् ।