• २०८३ बैशाख १३ गते आइतवार

कोशी प्रदेश: प्रधानमन्त्री ओलीको सम्बोधनमा विपक्षी पनि बैठकमा भाग लिने सहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभालाई सम्बोधन गर्न गर्दै हुनुहुन्छ। प्रधामन्त्री ओलीले दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकाई विषेश सम्बोधन गर्ने कार्यसूची प्रदेश सभा सचिवालयले निकालेको छ।

प्रधामन्त्री ओलीले सम्बोधन गर्ने बैठकमा सहभागी नहुने नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले तयारी गरिरहेका थिए। तर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेबीचको छलफलपछि प्रतिपक्षी दल संसद् बैठकमा सहभागी हुने भएका छन्।

। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा कोशी प्रदेश सभाको आजको बैठकमा विपक्षी दलहरु सहमत भएका छन्। प्रधामन्त्री ओलीले सम्बोधन गर्ने बैठकमा सहभागी नहुने नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले तयारी गरिरहेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस