• २०८३ बैशाख ३१ गते बिहिवार

नर्थ स्टार ईंलिस बोर्डिङ स्कुलको २४ औं वार्षिकोत्सव सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं ।  काठमाडौंको तारकेश्वर वडा नम्बर ३ मा रहेको बोर्डिङले शुक्रबार आफ्नो २४ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। विद्यालयले विभिन्न सांगीतिक कार्यक्रम तथा पुरस्कार वितरणसहित वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो।

विद्यालयका संस्थापक राधाकृष्ण अर्यालको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवसमा तारकेश्वर नगर पालिका वडा नं ३ का वडा अध्यक्ष परशुराम अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अबको जमाना एआईको भएकाले टेक्नोलोजीलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि प्याप्सन तारकेश्वरका अध्यक्ष रहनु भएको थिए ।

कार्यक्रमका अवसरमा बोर्डिङले हरेक वर्ष गर्दै आएको सम्मान कार्यक्रम गरेको छ । विद्यालयले विभिन्न क्रियाकलापमा उत्कृष्ट हुनेहरूलाई पुरस्कृत समेत गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस