भदौ २०, काठमाडौं । २०७२ सालको महाभूकम्प बाट क्षतीग्रस्त श्री नेपाल युवक मा. वि. कामपा १६ वडाको पुनर्निर्मित भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम पूर्वप्रधान न्यायधिश एवं मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा समापन भएको हो ।कार्यक्रमका प्रमुख अतिथी पूर्वप्रधान न्यायधिश एवं मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले नैतिकवान, जिज्ञासु र सक्षम विद्यार्थी उत्पादनमा जोड दिन अनुरोध गर्दै सबै वर्गका जनताका छोराछोरी पढ्न सक्ने बातावरण श्रृजना गर्न सबै तहको सरकार र जनप्रतिनित्रीहरुले ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का सांसद रामबिर मानन्धर, प्रदेस (ख)का सांसद वसन्त मानन्धरको पनि उपस्थिती रहेको थियो । नेपाल सरकार र एडिबीको ऋण सहयोगमा सुबिधा सम्पन्न अत्याधुनिक र भुकम्प प्रतिरोधक २७ कोठे विद्यालय भबन निर्माण भएको हो ।
