• २०८३ कार्तिक २७ गते बिहिवार

गण्डकी प्रदेशका केही ठाउँमा वर्षा, काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम बदली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काठमाडौँ । बिहिबार गण्डकी प्रदेशको एक÷दुई ठाउँमा सामान्य पानी परेको छ । स्याङ्जाको स्याङ्जा स्टेशनमा पछिल्लो १२ घण्टामा ७ मिलिमिटर वर्षा भएको छ । यस्तै म्याग्दीको मुना स्टेशनमा १२ घण्टामा ३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

गण्डकी प्रदेशका प्रायः सबै जिल्लाका केही ठाउँमा छिटपुटदेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकासहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भएको छ । यी प्रदेशका केही ठाउँमा आज राति फाटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले बताउनुभयो ।

विशेषगरी पश्चिम क्षेत्रका कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी पर्ने पूर्वानुमान छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ । मधेशमा मौसम आंशिक बदली भए पनि वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् दाहालका अनुसार भोलि दिउँसोपछि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस