फागुन ४, काठमाडौं । कमलपोखरीमा रहेको शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका धुनखर्क घर भइ काठमाण्डौको कमलपोखरी बस्दै आएका २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
योसँगै कमलपोखरीमा भएको ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनालगत्तै ११ जना गम्भीर घाइते भएका थिए ।
तीमध्ये यसअघि उदयपुरको उदयपुरगढीका प्रदीप तामाङ, उदयपुरकै कटारी नगरपालिकाका भीमबहादुर घलेमगर र मकवानपुरको मनहरी गाउँपालिकाका रबिन राईको उपचारका क्रममा मृत्यु भएको थियो । अरू घाइतेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा