• २०८३ बैशाख २४ गते बिहिवार

सांसद पदम गिरीको प्रतिप्रश्न: ‘प्रचण्डकै साथीले क्यान्टोनमेन्टको पैसा दुबई र लस भेगसमा छ भन्दैछन्’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्व कानूनमन्त्री पदम गिरीले प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा संसदमा उठाइएको विषयलाई आधारहीन र हल्लाका कुरा भन्दै आपत्ति जनाएका छन्।

गिरीले भने, “यदि सामाजिक सञ्जालका हल्लालाई संसदीय छानबिनको विषय बनाइने हो भने, क्यान्टोनमेन्टको अर्बौं रूपैयाँ दुबईका बैंकमा रहेको र लस भेगसको क्यासिनोमा लगानी भएको भन्दै प्रचण्डकै पूर्वसहकर्मीहरूले कुरा उठाएका छन्। के अब त्यसलाई पनि छानबिन गर्नुपर्छ?”

उनले स्वीस बैंकमा पैसा, कम्बोडियामा लगानी जस्ता आधारहीन आरोप लगाएर प्रधानमन्त्रीलाई लाञ्छित गर्ने प्रवृत्ति अनुचित भएको बताए। साथै, सरकारका नीतिहरूबाट उद्योगी, व्यवसायी, सूचना प्रविधि क्षेत्रका युवा र सर्वसाधारण खुशी हुँदा प्रतिपक्षी असन्तुष्ट हुनु स्वार्थ समूहलाई धक्का पुगेको संकेत हुनसक्ने टिप्पणी गरे।

गिरीले विपक्षी नेताहरूलाई संयमित र तथ्यमा आधारित अभिव्यक्ति दिनुपर्ने सुझाव दिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस