• २०८३ बैशाख १५ गते मङ्गलवार

एमालेले संसदीय दलको बैठक बोलायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
माघ १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिनुभयो ।
उहाँले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस