• २०८३ बैशाख ३० गते बुधवार

राष्ट्रपति पौडेलद्वारा तीनजना गैरआवासीय राजदूत नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।

यसैगरी राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई आज उक्त पदमा नियुक्त गरेका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस