• २०८३ कार्तिक १५ गते शनिवार

जय ट्रफी एलिट कप : ललितले ७ विकेट लिँदा आर्मी १ सय २१ रनमै अलआउट, सन्दीपले ५ विकेट लिँदा मधेश १ सय २ रनमै अलआउट

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस २१, काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा नेपाल पुलिस क्लबसँगको खेलमा त्रिभुवन आर्मी क्लब पहिलो पारीमा १ सय २१ रनमा अलआउट भएको छ ।

वीरगञ्जमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी ३४ ओभर १ बलमा १ सय २१ रनमै समेटियो । आर्मीका कुशल मल्लले सबैभन्दा धेरै २५ रन बनाए । पुलिसका ललित राजवंशीले ७ विकेट लिए । अब पुलिसले पहिलो पारीको ब्याटिङ थाल्नेछ ।

May be an image of 5 people and text

यस्तै जनकपुरमा भइरहेको अर्को खेलमा मधेश प्रदेश र बाग्मती प्रदेश खेलिरहेका छन् । टस जितेर ब्याटिङ गरिरहेको मधेशले यो समाचार तयार पार्दासम्म ७ विकेट गुमाएर ९८ रन बनाएको छ ।

जय ट्रफी एलिट कप : मधेश १ सय २ रनमै अलआउट, सन्दीपले लिए ५ विकेट
जय ट्रफी एलिट कप क्रिकेटमा बाग्मती प्रदेशसँगको खेलमा बाग्मती प्रदेश पहिलो पारीमा १ सय २ रनमा अलआउट भएको छ । जनकपुरमा टस जितेर ब्याटिङ गरेको मधेश ३५ ओभर ३ बलमा १ सय २ रनमै समेटियो । मधेशका मयन यादवले सबैभन्दा धेरै २१ रन बनाए । बाग्मतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । अहिले बाग्मतीले पहिलो पारीको ब्याटिङ गरिरहेको छ ।

May be an image of 2 people and text

दुई दिवसीय फर्म्याटमा हुने जय ट्रफीमा चार वटा टोलीको सहभागिता छ । आर्मी विनोद भण्डारीको कप्तानीमा खेलिरहेको छ । यस्तै पुलिस आरिफ शेख, मधेश हरि शंकर र बाग्मती सन्दीप लामिछानेको कप्तानीमा खेलिरहेको छ ।

प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोफी फाइनलमा पुग्नेछन् । फाइनल खेल पनि तीन दिवसीय फर्म्याटमा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस